दुई बीमासहित तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-02-06
दुई बीमासहित तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीसहित तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ज्याति लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) र जानकी फाइनान्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज(माघ २३ गते)अन्तिम दिन रहेको छ । 

यी तीनै कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ २४ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

ज्याति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । एलआईसी नेपालले आर्थिक वर्ष २०७६÷७७ का लागि २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । त्यस्तै जानकी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगल लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

 

 


Share this with your friends: