दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-21
दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । गणपति लघुवित्त र छिमेक लघुवित्तद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुबै लघुवित्तले भोलि(पुस ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै यी संस्थाहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

गणपति लघुवित्तले गत आर्थिक वर्षका लागि १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यस्तै छिमेक लघुवित्तले पनि गत आर्थिक वर्षका लागि २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यी लाभांसहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाहरुको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: