दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-03-31
दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले मूल्य समायोजन गर्दै सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ८९१.३० रुपैयाँ,प्रभु इन्स्योरेन्सको ७४३.२४ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १११६.८६ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार दिन सिद्धार्थ इन्स्योरेन्सको सेयरमूूल्य प्रतिकित्ता १०२५,प्रभु इन्स्योरेन्सको ८२५ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य १३३६ रुपैयाँ कायम थियो ।    


Share this with your friends: