दुई लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

2022-04-19
दुई लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् । 

आत्मनिर्भर लघुवित्तले चैत २१ गते र अभियान लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएका हुन् । 

आत्मनिर्भर लघुवित्तले रु.१०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता र अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको माग गरेका छन् ।

आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड र अभियान लघुवित्तको मुक्तिनाथ क्यापिटल रहेका छन् । 


Share this with your friends: