दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-31
दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २२१.३२ अंकले ओरालो लाग्दै १६४३५.०४ बिन्दुमा झर्यो । यो दिन निर्जीपन बीमा उपसूचक पनि १७८.७६ अंकले घट्दै १३११०.६९ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुने पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमतर्फ आज सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.११ प्रतिशतले बढ्यो । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.११ प्रतिशतले बढ्दै प्रतिकित्ता १३६५ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले घट्दै प्रतिकित्ता ६७७ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक १३.४८ अंकले घट्दै २८७२.०५ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२५ कम्पनीका १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा ३ वटा उपसूचकमा मात्रै हरियाली छायो भने अन्य सबै उपसूचकमा रातो पोतियो । आज अन्य उपसूचक २८.८७,लघुवित्त ३०.१७ र लगानी उपसूचक २.०८ अंकले बढ्यो । 

बैंकिङ उपसूचक १९.५२ अंकले घटेको आज व्यापार ११.७१,होटल एण्ड टुरिजम २३.२१,विकास बैंक ११०.१५,हाइड्रोपावर २३.०६,वित्त ४३.१७,उत्पादन तथा प्रशोधन ७१.३७ रम्युचुअल फन्ड ०.११ अंकले घट्यो । 

आज विन नेपाल लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९९ र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ८.९७ प्रतिशतले बढ्यो । 

आज माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ३.४४ प्रतिशतले घट्यो । 

यो दिन एचआईडीसीएलको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको ५७ करोड १२ लाख बढीको सेयर कारोबार भयो ।     


Share this with your friends: