दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-15
दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १८७.०३ अंकले बढदै १५१०९.०५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८५ अंकले उकालो लाग्दै १२५६३.९८ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ४.३२ प्रतिशतले बढ्दै प्रतिकित्ता ७४३ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भयो। परिसूचक ५३.३० अंकले बढ्दै २७५४.२८ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा किनबेच भयो।

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १४.५७ अंकले बढेको आज व्यापार ३९.०९,होटल ४९.८२,विकास बैंक १२७.३५,हाइड्रो १३८.१२,वित्त ६५.६८,उत्पादन तथा प्रशोधन ३७.०८,अन्य ७५.६३,लघुवित्त १४५.७६,म्युचुअल फन्ड ०.०३ र लगानी उपसूचक २.२६ अंकले बढ्यो। 

आज न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै तेह्रथुम पावरको सेयरमूल्य ८.७०,हिमालयन उर्जा विकास ७.७५ र कालिका पावर कम्पनीको सेयरमूल्य ७.६५ प्रतिशतले बढ्यो। 

यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको २२ करोड ७७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: