दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-15
दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १०२.७४ ले बढ्दै १४४६९.८५ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६७.३३ अंकले उकालो लाग्दै १२१०६.२४ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ६.६४ प्रतिशतले बढ्दै प्रतिकित्ता १४१३ रुपैयाँ कायम भयो। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ४.८७ र प्राइम लाइफको सेयरमूल्य ३.८६ प्रतिशतले बढ्यो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १७.१५ अंकले ओरालो लाग्दै २६५०.९७ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२९ कम्पनीका ६५ लाख २९ हजार ०२६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँमा किनबेच भयो। 
आज बजारमा ४ वटा उपसूचकमा मात्रै हरियाली छायो। आज होटल एण्ड टुरिजम ९७.७,निर्जीवन बीमा ६७.३३,जीवन बीमा १०२.७४ र म्युचुअल फन्ड ०.०९ अंकले बढ्यो। 

त्यस्तै बैंकिङ उपसूचक ११.७८ अ.कले घटेको आज व्यापार २७.९२,विकास बैंक १२.९१,हाइड्रोपावर ४५.३६,वित्त ११.४२,उत्पादन तथा प्रशोधन १०४.४१,अन्य ३५.५८,लघुवित्त ३९.४९ र लगानी उपसूचक ०.७२ अंकले घट्यो। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। यसैगरी सोल्टी होटलको सेयरमूल्य ६.५१ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ५.८१ प्रतिशतले बढ्यो। 

आज एनटीसीको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ५.१३ प्रतिशतले ओरालो लाग्यो। 

यो दिन सर्वाधिक सेयर कारोबार गर्ने कम्पनीको रुपमा एनटीसी रह्यो। आज एनटीसीको ३४ करोड २३ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अपि पावरको १२ करोड २० लाख र नेपाल लाइफको ११ करोड ८४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: