दोहोरो अंकले घट्यो नेप्से,नेपाल लाइफको सर्वाधिक कारोबार

2022-03-20
दोहोरो अंकले घट्यो नेप्से,नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९७.०९ अंकले घट्दै १४२१९.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७४.२६ अंकले ओरालो लाग्दै १२१०९.२० बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य १.८७ प्रतिशतले बढ्दे प्रतिकित्ता ८१४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ३.२९ प्रतिशतले घट्दै प्रतिकित्ता ५५६ रुपैयाँ कायम भयो। त्यस्तै एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ३.२५ पतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १४.६७ अंकले घट्दै २६२६.५८ बिन्दुुमा सीमित भयो। यो दिन बजारमा २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज लगानी उपसूचक १.४४ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ८.०३ अंकले घटेको आज व्यापार ४१.९४,होटल ६३.८४,विकास बैंक ५३.५१,हाइड्रोपावर १३.०६,वित्त २५.७३,उत्पादन तथा प्रशोधन ६८.५९,अन्य ३२.३,लघुवित्त ५.४१ र म्युचुअल फन्ड ०.१३ अंकले घट्यो। 

आज राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ र निफ्राको सेयरमूल्य ४.८९ प्रतिशतले बढ्यो। 

आज मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.७६ प्रतिशतले घट्यो। 

यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो। आज नेपाल लाइफको १६ करोड २९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: