दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सानिमा जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-27
दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सानिमा जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १३३.३५ अंकले बढ्दै १२४२१.९१ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ९८.६१ अंकले ओरालो लाग्दै १४८०५.८० बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ७ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज सानिमा जनरलको सेयरमूल्य ९.६७,जनरल इन्स्योरेन्स ९.६५,प्रभु लाइफ ८.११,सानिमा लाइफ ४.५६,प्रिमियर इन्स्योरेन्स ४.४२,अजोड इन्स्योरेन्स ३.८६ र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ३.२७ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी परे। आज नेशनल लाइफको सेयरमूल्य ४.२२ प्रतिशतले घट्दै प्रतिकित्ता ८६२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४१.४३ अंकले घट्दै २५७२.२३ बिन्दुमा झर्यो। यो दिन बजारमा २३२ कम्पनीका ८९ लाख २३ हजार ०१४ कित्ता सेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँमा किनबेच भयो। 

आज निर्जीवन उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक २१.०२ अंकले घटेको आज व्यापार ५५.८२, होटल ६६.४२,विकास बैंक १४५.६८,हाइड्रो ७६.६,वित्त ६२.२५,उत्पादन तथा प्रशोधन १४५.७९,अन्य ९३.६५,लघुवित्त ३९.७१,म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक १.३७ अंकले घट्यो। 

आज जीवन विकास लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै इमजिङ नेपालको सेयरमूल्य ९.९९ र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। 

आज मल्टीपपर्स फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ५.५० प्रतिशतले घट्यो। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२५,नेरुडे लघुवित्त ४.८६ र मन्जुश्री फाइनान्स कम्पनीको सेयरमूल्य ४.८१ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २७ करोड ५६ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै गुराँस लाइफको १७ करोड ५१ लाख,एभरेष्ट इन्स्योरेन्स १६ करोड ३१ लाख र सूर्या लाइफको १६ करोड २९ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: