नेप्से परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-04-07
 नेप्से परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २५८.५६ अंकले बढ्दै १३६९९.०७ बिन्दुमा पुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०९.१३ अंकले बढ्दै ११४४४.४२ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.६६ प्रतिशतले बढ्दै प्रतिकित्ता ७०४ रुपैयाँ कायम भयो। त्यस्तै प्रिमियर लाइफको सेयरमूल्य ३.५० र ज्योति लाइफको सेयरमूल्य ३.२६ प्रतिशतले बढ्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भयो। परिसूचक ३५.६६ अंकले बढ्दै २४६४.३१ बिन्दुको उचाइमा पुग्यो। 

यो दिन बजारमा २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँमा किनबेच भयो। 
आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १८.२३ अंकले बढेको आज व्यापार ५९.३२,होटल ३५.४८,विकास बैंक ७०.७८,हाइड्रोपावर ३०,वित्त २५.५२,उत्पादन तथा प्रशोधन ४७.८२,अन्य ६८.३३,लघुवित्त ६३.७७,म्युचुअल फन्ड ०.११ र लगानी उपसूचक ०.९२ अंकले घट्यो। 

आज हिमालयन पावर पार्टनर र नेष्डो लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै एनटीसीको सेयरमूल्य ५.८१,एक्सेल डेभलपमेन्ट बैंक ५.०५ र सामुदायिक लघुवित्तको सेयरमूल्य ४.८८ प्रतिशतले बढ्यो। 

आज राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ७.७१ प्रतिशतले घट्यो। यसैगरी इमिर्जङ नेपालको सेयरमूल्य ६.६१ र सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य २ प्रतिशतले घट्यो। 

यो दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ७ करोड ३८ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: