दोहोरो अंकले ओरालो लाग्यो नेप्से,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-11
दोहोरो अंकले ओरालो लाग्यो नेप्से,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३१.८२ अंकले घट्दै १३२७१.०५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक १५५.५९ अंकले ओरालो लाग्दै ११२८८.८३ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज नेपाल लाइफको सेयरमूल्य ५.०५ प्रतिशतले घट्दै प्रतिकित्ता ९४० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४४.६४ अंकले घट्दै २४१९.७१ बिन्दुमा झर्यो। यो दिन बजारमा २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १४.२६ अंकले घटेको आज व्यापार ६४.६२,होटल ६९.५७,विकास बैंक ६४.१८,हाइड्रो ६०.९८,वित्त ४५.८३,उत्पादन तथा प्रशोधन १२८.९५,अन्य ९१.०४,लघुवित्त ५१.५९,म्युचुअल फन्ड ०.११ र लगानी उपसूचक १.९४ अंकले घट्यो। 

आज नेष्डो लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ९.९९ र मिथिला लघुवित्तको सेयरमूल्य २.६९ प्रतिशतले बढ्यो। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घट्यो। त्यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ९.९२,एनटीसी ६.१९ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ५.६३ प्रतिशतले घट्यो। 

यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १६ करोड ५२ लाख बढीको सेयर कारोबार भयो।  


Share this with your friends: