दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

2022-04-20
दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २४६.४७ अंकले ओरालो लाग्दै १२५३८.४२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६९.८३ अंकले ओरालो लाग्दै १०६१२.७६ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य १.२७ प्रतिशतले बढ्दै प्रतिकित्ता ५५८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.६१ प्रतिशतले घट्दै प्रतिकित्ता ५५४ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३६.७३ अंकले घट्दै २३२०.५१ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२८ कम्पनीका ३५ लाख ७० हजार १४ कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो तोतियो। बैंकिङ उपसूचक ११.४२ अंकले घटेको आज व्यापार १५.५६,होटल ६८.४४,विकास बैंक १०६.०९,हाइड्रो ५५.७१,वित्त ६६.९१,उत्पादन तथा प्रशोधन ८२.२४,अन्य ५५.०६,लघुवित्त ७३.५१,म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक १.१६ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चर्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यी दुवै कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। 
त्यस्तै आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। 

यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: