दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-09
दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक ५७.०३ अंकले बढ्दै १००७३.९३ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ८२.१२ अंकले घट्दै ११७००.८४ बिन्दुमा झरेको छ। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य २.३० प्रतिशतले बढ्दै प्रतिकित्ता ८४५ रुपैयाँ कायम भयो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटामात्रै बीमा कम्पनी पर्यो। आज ज्योति लाइफको सेयरमूल्य २.८३ प्रतिशतले घट्दै ५१५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। आज नेप्से परिसूचक १२.२७ अंकले बढ्दै २२६८.८४ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२२ कम्पनीका ३३ लाख २४ हजार ८२२ कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ९ वटा उपसूचकमा हरियाली छायो भने अन्य ४ वटा उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १४.७६ अंकले बढेको आज व्यापार ३५.२२,हाइड्रो १२.५३,वित्त १.६६,उत्पादन तथा प्रशोधन २७.१९,अन्य ५.९१,लघुवित्त ६०.७५ र म्युचुअल फन्ड ०.०८ अंकले बढ्यो। 

त्यस्तै आज होटल उपसूचक २५.८५,विकास बैंक २०.९१ र लगानी उपसूचक ०.०७ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै महुली लघुवित्त ७.७७ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ६.२७ प्रतिशतले बढ्यो। 

यसैगरी आज हिमालयन उर्जा विकासको सेयरमूल्य  सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.७८ प्रतिशतले घट्यो। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भयो। आज टेलिकमको ७ करोड ८३ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: