धवलागिरी लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

2022-03-23
धवलागिरी लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । धवलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २३ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको रु१०० अंकित दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।    

       


Share this with your friends: