निफ्रा र मेरोमाइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-11-25
निफ्रा र मेरोमाइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) र मेरोमाइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले निफ्राद्वारा प्रस्तावित ८ प्रतिशत र मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले निफ्राको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३१.४८ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ३५८ रुपैयाँ कायम थियो । 

त्यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १४४० रुपैयाँ कायम थियो ।


Share this with your friends: