निरन्तर उकालो लाग्दै सेयर बजार,बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-10
निरन्तर उकालो लाग्दै सेयर बजार,बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६८.२ अंकले बढ्दै १५३८०.४४ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक १९०.६५ अंकले उकालो लाग्दै १२७१०.०८ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले बढ्दै प्रतिकित्ता १२८१ रुपैयाँ कायम भयो। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ४.२४ र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ३.९१ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १९.४३ अंकले बढ्दै २७८४.९५ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २३६ कम्पनीका १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ०३५ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा उपसूचक बाहेक अज्य सबै उपसूचकमा हरियाली छायो। व्यापार उपसूचक ५७.११ अंकले बढेको आज विकास बैंक ३७.५८, हाइड्रोपावर ४०.७९, वित्त ७८.०९, अन्य ११३.४, लघुवित्त १२.२५, म्युचुअल फन्ड ०.२२ र लगानी उपसूचक ०.९४ अंकले बढ्यो। 

बैंकिङ,होटल एण्ड टुरिजम र उत्पादन तथा प्रशोधन उपसूचकमा रातो पोतियो। यी उपसूचकहरु क्रमशः१५.२८, ३७.७१ र ४७.७८ अंकले घट्यो। 
आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य ९.९९, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९८ र खानीखोला हाइड्रोपावरको सेयरमूल्य ८.२० प्रतिशतले बढ्यो। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य २.९९ प्रतिशतले घट्यो। 

यो दिन गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज गोर्खाज फाइनान्सको २२ करोड ७७ लाखको कारोबार भयो।   

 


Share this with your friends: