निरन्तर ओरालो लाग्दै बजार,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-05
निरन्तर ओरालो लाग्दै बजार,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३२.२८ अंकले घट्दै १३५११.२३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३४५.०२ अंकले घट्दै ११५२८.८९ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ०.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ८०७ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.६९ प्रतिशतले घट्दै प्रतिकित्ता ५८० रुपैयाँमा सीमित भयो। यसैगरी एलआईसी नेपालको सेयरमूल्य ४.५९ र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ४.३५ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट भयो। परिसूचक ४६.४६ अंकले घट्दै २४५२.०६ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२८ कम्पनीका ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा होटल उपसूचकबाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। होटल उपसूचक आज १५.१२ अंकले बढ्यो। 

बैंकिङ उपसूचक १८.८ अ.कले घटेको आज व्यापार ४४.०६,विकास बैंक ८१.१९,हाइड्रोपावर ६१.१८,वित्त ५३.८५,उत्पादन तथा प्रशोधन ४३.२,अन्य ७१.९६,लघुवित्त ६८.३३,म्युचुअल फन्ड ०.२८ र लगानी उपसूचक १.६ अ.कले घट्यो। 

आज राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ६.०७ र युनिलिभर नेपालको सेयरमूल्य ३.२३ प्रतिशतले बढ्यो। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ९ करोड ६७ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: