निरन्तर ओरालो लाग्दै नेप्से,लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-02
निरन्तर ओरालो लाग्दै नेप्से,लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४६.६२ अंकले घट्दै १००९८.५७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३८.१६ अंकले ओरालो लाग्दै ८७०१.८३ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज लुम्बिनी जनरल इन्स्योरेन्सको ४.०१ प्रतिशतले बढ्दै प्रतिकित्ता ४६३ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परे। आज प्रभु लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले घट्दै प्रतिकित्ता ४१५ रुपैयाँ कायम भयो। त्यस्तै प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४.१३,सिद्धार्थ इन्स्योरेन्स ३.७२ र शिखर इन्स्योरेन्सकोृ सेयरमूल्य ३.३९ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १८.२६ अंकले घट्दै २११२.४७ बिन्दुमा झर्यो। यो दिन बजारमा २२७ कम्पनीका ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा म्युचुअल फन्डबाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। आज म्युचुअल फन्ड उपसूचक ०.०२ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ११.१२ अंकले घटेको आज व्यापार ४६.७२,होटल १३.४१,विकास बैंक १९.१९,हाइड्रो १३.६२,वित्त ५.६२,उत्पादन तथा प्रशोधन ४१.३६,अन्य २४.४३,लघुवित्त २९.४२ र लगानी उपसूचक ०.३६ अंकले घट्यो। 

आज बलेफि हाइड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९७ प्रतिशतले बढ्यो। त्यस्तै माउन्टेन हाइड्रोको सेयरमूल्य ४.२०,उपकार लघुवित्त ४.०४ र लुम्बिनी जनरलको सेयरमूल्यको ४.०१ प्रतिशतले बढ्यो। 

त्यस्तै प्रभु लाइफको सेयरूमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले घट्यो। 

यो दिन माउन्टेन हाइड्रोको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १२ करोड १२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: