निर्धन उत्थान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-02-22
निर्धन उत्थान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १३.६८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि स.स्थाले भोलि(फागुन ११ गते)देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७६/७७ का लागि १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको थियो। 

संस्थाको २२ औँ वार्षिक साधारण सभा आउँदो फागुन २७ गते आयोजना हुन गईरहेको छ। 

 


Share this with your friends: