काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७७/७८ को मुनाफाबाट २९.५ प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद लाभांस गरी कुल ३१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित कुल ३१.०५ प्रतिशत लाभांसमा चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको २९.५ प्रतिशतले हुन आउने ५० करोड २५ हजार रुपैयाँ बराबरको बोनस सेयर र १.५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।