काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
उक्त बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।
यो लाभांस वितरणका लागि नेपाल सरकारसमक्ष स्वीकृतीका लागि अनुरोध गर्ने र उक्त प्रस्ताव नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन गरेपछि कम्पनीले पहिलोपटक लाभांस वितरणको प्रस्ताव गरेको हो ।