नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-09-20
 नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरणका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीको गत भदौ २५ गते गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

लाभांस वितरणको प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज १८ गते सोमबारका दिन ललितपुर झम्सिखेलमा रहेको कम्पनीको कार्यालयबाट भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्दैछ ।  


Share this with your friends: