काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांसमा २०७८ असार मसान्तसम्म कायम चुक्ता सेयर पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५ सय रुपैयाँको ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँबराबरको बोनस सेयर र ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।