नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-11-22
 नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ११.२४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६० रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांस गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 


Share this with your friends: