काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य रकमबाट बैंकका सेयरधनीलाई चुक्तापूँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।