नेपाल टेलिकमको नगद लाभांस आजदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने

2022-04-08
नेपाल टेलिकमको नगद लाभांस आजदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने

काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गर्न सुरु गरेको छ। टेलिकमले चैत २४ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत नगद लाभांस आज(चैत २५ गते)देखि बुक क्लोजको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न संस्थाले आह्वान गरेको छ। 

बैंक खातामा नगद लाभांस जम्मा गर्दा सम्बन्धीत बैंक वा वित्तीय संस्थाको नियमअनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोनुपर्ने कम्पनीले जनाएको छ । 


Share this with your friends: