नेपाल एसबीआई बैंकद्वारा लाभांस प्रस्ताव

2020-11-20
नेपाल एसबीआई बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो। 

हिजो(बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ९.४७ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो। समितिले ९.४७ प्रतिशतले हुन आउने ८४ करोड ८१ लाख ५२ हजार ६६५.९६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने बोनस सेयर र ३.४७ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी २७ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

 


Share this with your friends: