नेप्सेका सबै उपसूचकमा हरियाली, बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-12-21
नेप्सेका सबै उपसूचकमा हरियाली, बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २०६.५८ अंकले बढ्दै १२६१०.३२ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २०४.३४ अ.कले बढ्दै १०२३२.४३ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ४.७४ प्रतिशतले बढ्दै प्रतिकित्ता ५७४ रुपैयाँ कायम भयो। त्यस्तै सानिमा जनरलको सेयरमूल्य ४.२९ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ३.८९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज कुनै पनि बीमा कम्पनीको सेयरमूल्यमा उल्लेख्य गिरावट आएन। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ५६.७३ अ.कले बढ्दै २४१५.५५ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२६ कम्पनीका ४९ लाख ७४ हजार २५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३२.९१ अंकले बढेको आज व्यापार ६९.८२, होटल एण्ड टुरिजम ५४.०३, विकास बैंक १३७.८८। हाइड्रोपावर ९४.५१, वित्त ३७.९२, उत्पादन तथा प्रशोधन १७०.१, अन्य ७०.४९, लघुवित्त ९०.७१, म्युचुअल फन्ड ०.१२ र लगानी उपसूचक १.४२ अंकले बढ्यो। 

आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो। बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यसैगरी जानकी फाइनान्स ९.८१, रसुवागढी हाइड्रोपावर ९.२१, ग्रिनलाइफ हाइड्रोपावर ८.२६ र रिलायन्स फाइनान्सको सेयरमूल्य ७.९३ प्रतिशतले बढ्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.८९ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १४ करोड ५८ लाख बढीको सेयर कारोबार भयो भने नबिल बैंकको १४ करोड १८ लाख र एनटीसीको १० करोड ३९ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: