नेप्सेको गिरावट जारी, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-06-24
नेप्सेको गिरावट जारी, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १७७.२४ अंकले घट्दै १४४५७.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १४३.८८ अंकले घट्दै १७३२३.९६ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ५.०८ प्रतिशतले घट्दै प्रतिकित्ता ११७८ रुपैयाँ कायम भयो। नेपाल पुनर्बीमाको मूल्य पनि २.५७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घट्यो। परिसूचक १६.९६ अंकले घट्दै २८४३ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २१९ कम्पनीका १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज दुुईवटा समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो। आज हाइड्रो समूह ५५.७६ र होटल एण्ड टुरिजम समूह ४१.६९ अंकले घट्यो। 

बैंकिङ समूह ७.४२ अंकले घटेको आज व्यापार २६.१७, विकास बैंक ७२.७३, वित्त २९.५, उत्पादन तथा प्रशोधन ४१.२३, अन्य ३०.६२, लघुवित्त ४९.५८, म्युचुुअल फन्ड ०.०३ र लगानी समूह १.७३ अंकले घट्यो। 

आज अपरतामाकोशीको मूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढ्यो। त्यस्तै समृद्धि फाइनान्सको मूल्य ३.६५, रुरु जलविद्युत २.५६, कृषि विकास बैंक २.३४ र नेपाल हाइड्रोको मूल्य २.३३ प्रतिशतले बढ्यो। 

आज न्यादी गुप्र पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.६८ प्रतिशतको गिरावट आयो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ३५ करोड ६७ लाख बढीको सेयर कारोबार भयो भने नेपाल इन्स्योरेन्स ३३ करोड ६१ लाख र अपर तामाकोशीको २८ करोड ७८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: