नेप्सेको वृद्धि आज पनि कायम, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-03
नेप्सेको वृद्धि आज पनि कायम, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९३.८८ अंकले बढ्दै १४६४९.०३ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६१.३६ अ.कले बढ्दै १२०८२.८४ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। आज यो कम्पनीको सेयरमूल्य २.८२ प्रतिशतले बढ्दै प्रतिकित्ता १७५० रुपैयाँ कायम भयो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १०  कम्पनीको सूचीमा चारवटा बीमा कम्पनी परे। आज लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, सूर्या लाइफ र प्रभु इन्स्योरेन्सको सेयरमूल्य क्रमशः२.१२,२.०३,२.०१ र १.५९ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ३२.०३ अ.कले बढ्दै २६१६.९४ बिन्दुको उचाईमा पुग्यो। यो दिन २३० कम्पनीका ८२ लाख ५ हजार ०५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८.५८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २५.४० अंकले बढेको आज विकास बैंक ७३.२८, वित्त ४२.८१, होटल एण्ड टुरिजम २३.३८, हाइड्रो १०.११, लगानी १.४८, लघुवित्त १४५.१५, म्युचुअल फन्ड ०.१८,अन्य ३.२९ र व्यापार उपसूचक १८६.५४ अंकले बढ्यो। 

उत्पादन तथा प्रशोधन उपसूचक आज २.२६ अंकले घट्यो। 

आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै गुँरास लघुवित्त ९.४५, एनआईसी एशिया लघुवित्त ८.३८ र एसटीसीको सेयरमूल्य ८.१४ प्रतिशतले बढ्यो। 

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको २८ करोड ४४ लाख बढीको सेयर कारोबार भयो भने अपि पावर कम्पनीको १८ करोड २९ लाख र शिवम् सिमेन्टको १६ करोड २६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: