नेप्सेमा ३.९० करोड कित्ता बढी बोनस सेयर सूचीकृत

2022-02-22
नेप्सेमा ३.९० करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा प्रभु बैंक लिमिटेड,ग्लोबल आइएमई बैंक,बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता,ग्लोबल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता,बुटवल पावरको २९ लाख ४९ हजार ६६३ कित्ता र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ८ लाख ७६ हजार  ८१२ कित्ता गरी कुल ३ करोड ९० लाख ७५ हजार ४४६.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  


Share this with your friends: