नेप्सेमा दुई बीमा र एक बैंकको ९५.९९ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-03-02
नेप्सेमा दुई बीमा र एक बैंकको ९५.९९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बीमा कम्पनी र एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी,प्रिमियर इन्स्योरेन्स कम्पनी र सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा सूर्या लाइफको २८ लाख ७३ हजार ८७६ कित्ता,सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता र प्रिमियर इन्स्योरेन्सको १५ लाख ३१ हजार २४८ कित्ता गरी कुल ९५ लाख ९९ हजार ९२०.९६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: