नेप्सेमा २.५९ करोड कित्ता बोनस सेयर सूचीकृत

2022-03-20
नेप्सेमा २.५९ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक,एभरेष्ट बैंक र गणपति लघुवित्तको २ करोड कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो । 

आज नेप्सेमा गणपति लघुवित्त,एनएमबी बैंक र एभरेष्ट बैंकको कुल २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये गणपति लघुवित्तको २ लाख ४१ हजार ९७७.८२५०,एनएमबी बैंकको २ करोड ४ लाख ७ हजार ४५१.०७ र एभरेष्ट बैंकको ५३ लाख ३६ हजार २३०.३१ कित्ता रहेको छ । 


Share this with your friends: