नेप्सेमा ४४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-03-25
नेप्सेमा ४४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ लाख ८२ हजार ४८२ कित्ता र मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस सेयर गरी कुल ४४ लाख ४४ हजार ६१.५६८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।   


Share this with your friends: