नेप्सेमा १५.८२ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-04-03
नेप्सेमा १५.८२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६.५० कित्ता र नेपाल हाइड्रो डेभलपर्सको २ लाख ९ हजार ३ सय कित्ता गरी कुल १५ लाख ८२ हजार ७८६.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: