नेप्सेमा ६६.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-04-12
नेप्सेमा ६६.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: