नेप्सेमा ५८.३२ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-04-17
नेप्सेमा ५८.३२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत,छिमेक लघुवित्तको २७ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.७० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता,छिमेक लघुवित्तको ४९ लाख ४१ हजार र श्री इन्भेष्टमेन्टको ६ लाख ८५ हजार ८०१ कित्ता गरी कुल ५८ लाख ३२ हजार ३५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  


Share this with your friends: