नेप्सेमा भारी गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-17
नेप्सेमा भारी गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५९२.५९ अंकले घट्दै ११३०५.०९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४८५.८१ अंकले ओरालो लाग्दै ९८७२.बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज युनाइटेड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले घट्यो। त्यस्तै ज्योति लाइफको सेयरमूल्य ८.९९,प्रुडेन्सियल इन्स्योरेन्स ८.९५,सूर्या लाइफ ८.८१,आइएमई जनरल ७.४१,सानिमा लाइफ ७.३१,प्रिमियर इन्स्योरेन्स ७.११ र सानिमा जनरलको सेयरमूल्य ६.९८ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ८४.९० अंकले घट्दै २२६५.५२ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२१ कम्पनीका ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ३७.९५ अंकले घटेको आज व्यापार ६०.८६,होटल ७७.०८,विकास बैंक १६३.६९,हाइड्रो १४२.५,वित्त १०१.८७,उत्पादन तथा प्रशोधन ११३.३७,अन्य १०६.३१,लघुवित्त १४३.२८,म्युचुअल फन्ड ०.२४ र लगानी उपसूचक २.५९ अंकले घट्यो। 

आज सामूदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.९६ प्रतिशतले बढ्यो। 

त्यस्तै आज युनाइटेड र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। 

यो दिन जाल्पा सामूदायिक लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ९ करोड ७९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: