नेप्सेमा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीका बोनस सेयर सूचीकृत

2021-02-15
नेप्सेमा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीका बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिस्टीलरी लिमिटेड र कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो। 

यी कम्पनीको कुल १ करोड ५ लाख बढी बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख १७ हजार २५५ कित्ता बोनस सेयर, मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत अर्थात ४८ लाख ६५ हजार ६१३.१७, लक्ष्मी लघुवित्तको १५ प्रतिशत अर्थात ४ लाख १७ हजार ४५०, अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत अर्थात ४ लाख ९९ हजार १६२, हिमालयन डिस्टीलरीको ५० प्रतिशत अर्थात २८ लाख ९२ हजार ३४१.२५ र कामना सेवा विकास बैंकको ४.४० प्रतिशत अर्थात ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।   

 


Share this with your friends: