नेप्सेमा दुई लघुवित्तका बोनस सेयर सूचीकृत

2021-02-24
नेप्सेमा दुई लघुवित्तका बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी कुल ११ लाख ८१ हजार ९७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।   

 


Share this with your friends: