नेप्सेमा तीन बैंक र एक लघुवित्तका ३.३९ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

2021-02-25
नेप्सेमा तीन बैंक र एक लघुवित्तका ३.३९ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंक र एक लघुवित्तका ३ करोड ३९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कृषि विकास बैंक मेगा बैंक लिमिटेड स्ट्याण्डर्ड चाटर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा कृषि विकास बैंकको १५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता  मेगा बैंकको १० प्रतिशत बोनस सेयर अर्थात १ करोड ३३ लाख २२ हजार ६९५.४१६० कित्ता बोनस, स्ट्याण्डर्ड चाटर्ड बैंकको ७ प्रतिशत बोनस सेयर अर्थात ५६ लाख ८ हजार ००१.४७ कित्ता र ग्लोबल आइएमई लघुवित्तको २७.४७ प्रतिशत अर्थात ७ लाख १३ हजार ०९१.०८ कित्ता गरी कुल ३ करोड ३९ लाख ७८ हजार ४७९.०१२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।


Share this with your friends: