नेप्सेमा तीन वित्तीय संस्थाका बोनस सेयर सूचीकृत

2021-03-07
नेप्सेमा तीन वित्तीय संस्थाका बोनस सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीनवटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बै्रक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

छिमेक लघुवित्तको २२ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.०३ र लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। छिमेक लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको ३३ लाख कित्ता, माछापुच्छ्रे बैंकले वितरणको गरेको ५९ लाख ४६ हजार १६९.३१ कित्ता र लक्ष्मी बैंकले वितरण गरेको ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 


Share this with your friends: