नेप्सेमा ३.४६ करोड बढी बोनस सेयर सूचीकृत

2021-03-10
नेप्सेमा ३.४६ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक बैंक र एक हाइड्रो कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा नबिल बैंक लिमिटेड र अरुण कावेली पावर लिमिटेडको बोनस ३ करोड ४६ लाख बढी बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण काबेलीको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार कित्ता गरी कुल ३ करोड ४६ लाख ८३ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो।     

 


Share this with your friends: