नेप्सेमा दुई बैंक र एक लघुवित्तको १.१३ करोड बढी बोनस सेयर सूचीकृत

2021-03-18
नेप्सेमा दुई बैंक र एक लघुवित्तको १.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंक र एक लघुवित्त गरी तीन वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा यी तीन वित्तीय संस्थाको १ करोड १३ लाख बढी बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता, महिला सहयात्रा लघुवित्तको १ लाख २१ हजार कित्ता र नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता गरी कुल १ करोड १३ लाख ८० हजार १६१.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

 


Share this with your friends: