काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ४ लाख २५ हजार ६५९.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
विजय लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्नो सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरण गरेको थियो। संस्थाद्वारा प्रस्तावित कुल २० प्रतिशत लाभांसमा हाल कायम चुक्तापूँजी २२ करोड ४० लाख ३१ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ४ करोड २५ लाख ६५ हजार ९८५ रुपैयाँ बराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने २२ लाख ४० हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका थिए।