नेप्सेमा तीन कम्पनीका १२.७४ लाख कित्ता बोनस सेयर सूचीकृत

2021-04-05
नेप्सेमा तीन कम्पनीका १२.७४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा वरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी गुप्र पावर कम्पनीको १२.७४ लाख बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा वरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर अर्थात १ लाख २७ हजार ५७५ कित्ता, श्री इन्भेष्टमेन्टको ७.३७ प्रतिशत अर्थात ६ लाख १० हजार ९९८.७९५० कित्ता र ङादी गुप्र पावरको १० प्रतिशत अर्थात ५ लाख ३५ हजार ५५४.८० कित्ता बोनस सेयर गरी कुल १२ लाख ७४ हजार १२८.५९५ कित्ता सेयर सूचीकृत भएको हो।   

 


Share this with your friends: