काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस सेयर, नागरिकम लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद सेयर र साना किसान विकास लघुवित्तको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको हो।
नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता बोनस सेयर, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर र साना किसान विकास लघुवित्तको २५ लाख ५७३.५६४२ कित्ता बोनस सेयर र १२ हजार ४४२ कित्ता हकप्रद सेयर गरी कुल ३ करोड ९३ लाख ४९ हजार १४६.२९४२ कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ।