नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

2021-04-29
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कमपनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा समता लघुवित्तको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८२ हजार २३३.६० कित्ता बोनस सेयर र गुडविल फाइनान्सको ८.४ प्रतिशत अर्थात ६  लाख ७२ हजार कित्ता गरी कुल १० लाख ५४ हजार २३३.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

समता लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र ६.३२ प्रतिशत नगद लाभांस गरी कुल २६.३२ प्रतिशत लाभांस वितरण गरेको थियो। यस्तै गुडविल फाइनान्सले पनि गत आर्थिक वर्षका लागि ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांस गरी कुल १२ प्रतिशत लाभांस वितरण गरेको थियो।  

 


Share this with your friends: