नेप्सेमा ३.३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-05-02
नेप्सेमा ३.३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: