नेप्सेमा ३.२२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-05-04
नेप्सेमा ३.२२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको २.८५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्षका लागि २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद लाभांस गरी कुल ३ प्रतिशत लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: